बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

भक्तपुर न्यूज

१८ कार्तिक २०७७ ६:४४

बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । अघिल्लो दिनको तुलनामा आज (मंगलबार) सुनको मूल्यमा ४ सय रुपैयाँको वृद्धि भएर छापावाल सुनको मूल्य प्रति तोला ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
सोमवार छापावाल सुनको मूल्य प्रति तोला ९५ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य प्रति तोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने आज ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ५ रुपैयाँ कायम भएकोमा आज प्रतितोला १ हजार २१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक १८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *