काठमाडौँबाट एक करोड रूपैयाँसहित तीन हुण्डी कारोबारी पक्राउ

भक्तपुर न्यूज

१८ कार्तिक २०७७ ४:०७

काठमाडौँबाट एक करोड रूपैयाँसहित तीन हुण्डी कारोबारी  पक्राउ

काठमाडौं। हुण्डी कारोबारमा संलग्न तीन जना काठमाडौँबाट पक्राउ परेका छन् । उनीहरूका साथबाट स्रोत नखुलेको एक करोड रूपैयाँ पनि बरामद गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ ।

काठमाडौँको ओमबहाल चोकबाट स्रोत नखुलेको एक करोड रूपैयाँसहित सोमबार बेलुका झापाका बिकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेललाई पक्राउ गरिएको हो।

उनीहरुको ओमबहालमा मोबाइलका विभिन्न पार्ट्सको पसल रहेको छ । ब्युरोका डीआईजी सहकुल थापाका अनुसार मित्तलको पसलबाट ९९ लाख ८४ हजार नेपाली रुपैयाँ ८ सय अमेरिकी डलर बरामद गरिएको छ ।

उनीहरूले गैरकानुनी मानिएको हुण्डीको कारोबार गरेको प्रहरीको दाबी छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको डिआईजी सहकुल थापाले बताए ।

नेपालमा १० लाख रुपैयाँभन्दा माथिको कारोबार बैंकबाट मात्रै गर्नुपर्ने प्रावधान छ ।

काशित मितिः २०७७ कार्तिक १८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *