यस्तो रहनेछ मंगलबार देशको मौसम
काठमाडौँ । स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश देशका पहाडी भू–भाग र प्रदेश २ तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ । देशका अरु क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको छ ।
मंगलबार दिउँसो देशभर पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति देशभर पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
प्रकाशित मितिः २०७७ कार्तिक १८ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३