भक्तपुरमा १०८ सहित उपत्यकामा थपिए १ हजार ६३० कोरोना संक्रमित

भक्तपुर न्यूज

१७ कार्तिक २०७७ ११:४०

भक्तपुरमा १०८ सहित उपत्यकामा थपिए १ हजार ६३० कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा आज थप १ हजार ६३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ७२० जना महिला र ९२८ पुरुष गरी कूल १ हजार ६३० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १ हजार ३२९, भक्तपुरमा १०८ र ललितपुरमा १९३ जनामा संक्रमण देखिएको हो । यसैगरी, हालसम्म काठमाडौंमा २४३ जना, भक्तपुरमा ६७ जना र ललितपुरमा ६३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १६ हजार ११८, भक्तपुरमा १ हजार ३३ र ललितपुरमा २ हजार २८८ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ४८ हजार १८५ जना, भक्तपुरमा ४ हजार ८०३ जना र ललितपुरमा ६ हजार ८०० जना उपचारपछि डिस्चार्ज भएका छन् ।

हालसम्म काठमाडौंमा ६४ हजार ५४६ जना, भक्तपुरमा ५ हजार ९०३ जना र ललितपुरमा ९ हजार १५१ जना कोरोना संक्रमित रहेका छन् ।

प्रकाशित मितिः २०७७ कार्तिक १७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *