रुपन्देहीमा टिपरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

भक्तपुर न्यूज

१७ कार्तिक २०७७ ११:०८

रुपन्देहीमा टिपरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रुपन्देही । रुपन्देहीमा टिपरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मायादेवी गाउँपालिका–८ का रघुवीर हरिजन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

मायादेवी गाउँपालिका–८ स्थित विश्वकर्मा मन्दिर नजिकै लुम्बिनीबाट भैरहवातर्फ आउँदै गरेको लु १ क ११७४ नम्बरको टिपरले सोमबार बिहान ठक्कर दिँदा पैदलयात्री रघुवीरको घटनास्थलमा मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।

टिपर र चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको खत्रीले बताए ।

प्रकाशित मितिः २०७७ कार्तिक १७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *