भक्तपुरबाट कछुवा तस्करी गर्ने पाँचजना पक्राउ

भक्तपुर न्यूज

१७ कार्तिक २०७७ १०:४६

भक्तपुरबाट कछुवा तस्करी गर्ने पाँचजना पक्राउ

भक्तपुर । कछुवा बेचबिखन गर्न खोज्ने पाँच जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले कछुवाको विक्री गर्न खोज्ने पाँच जनालाई आइतबार साँझ पाँच बजे पक्राउ गरेको हो। कछुवा विक्रीवितरण गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रामेछापका २९ वर्षीय नैन बहादुर आले मगर, ३३ वर्षीय छेवाङ लामा, २७ वर्षीय राजकुमार घिसिङ, २९ वर्षीय दावा लामा र गोर्खाका २४ वर्षीय सुजन उपरकोटी छन्।

महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीका अनुसार उनीहरूलाई भक्तपुरको सूर्यविनायकबाट पक्राउ गरेको हो। उनीहरूबाट प्रहरीले एक जीवित कछुवा समेत बरामद गरेको छ। सो कछुवा उनीहरूले रामेछापबाट ल्याएको एसपी कार्कीले बताए। थप अनुसन्धानको लागि उनीहरूलाई प्रहरीले जिल्ला वन कार्यालय भक्तपुर पठाएको छ।

प्रकाशित मितिः २०७७ कार्तिक १७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *