काभ्रेमा काठले हानेर हत्या गरिएको अवस्थामा शव फेला
काभ्रे । काभ्रेमा हत्या गरिएको अवस्थामा एक पुरूषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।
बनेपा नगरपालिका वडा नम्बर ११ सिनागालमा शनिबार दिउँसो सवा तीन बजे एक पुरूषको शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उनको शव वडा कार्यालयबाट ५ सय मिटर पश्चिम बाटोमुनि फेला परेको थियो।
अन्दाजी ३५/३६ वर्षीय पुरूषको हत्या गरिएको अवस्थामा फेला परेको काभ्रेका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए। ती पुरूषको सनाखत भने हुन सकेको छैन।
उनका अनुसार ती पुरूषको टाउकोमा काठले हानेर हत्या गरिएको हो। मृतकको शव धुलिखेल अस्पतालको शव गृहमा राखिएको छ।
प्रकाशित मितिः २०७७ कार्तिक १७ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३