रौतहटमा जुवातास खेलिरहेका अवस्थामा ६ जना पक्राउ

भक्तपुर न्यूज

१७ कार्तिक २०७७ ९:२६

रौतहटमा जुवातास खेलिरहेका अवस्थामा ६ जना पक्राउ

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ३ मा जुवातास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय हृदय साह कानुको घरमा तास जुवा खेलिरहेका सानू बैठा,प्रकाश यादव रमन साहकानु ,धीरेन्द्र पण्डित, परदेशी कानुलगायतलाई प्रहरीले पक्राउ गरेको हो ।

सो स्थानमा जुवा तास खेल्ने गरिएको सूचनाको आधारमा प्रहरी चौकी मेवाको टोलीले उनीहरुलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय विजयपुरको जिम्मा लगाएको थियो । रौतहट प्रहरी प्रमुख एसपी सिद्धिबिक्रम शाहले उनीहरुमाथि थप अनुसन्धान भैरहेको जानकारी दिए ।

प्रकाशित मितिः २०७७ कार्तिक १७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *