विप्लवकी ललितपुर सेक्रेटरी विदुषी पक्राउ
काठमाडौं । विप्लव माओवादीको ललितपुर जिल्ला सेक्रेटरी सावित्री अधिकारी “विदुषी” पक्राउ परेकी छन् । पाटन,मंगलबजारको भीमसेन मन्दिर नजिकै चिया पसलनेर शनिबार साँझ साढे आठ बजेतिर उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई हिजो ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी जिप्रका जावलाखेलमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । अधिकारीको साथबाट विप्लव समूहसँग सम्बन्धित दस्तावेज फेला पारेको बताइएको छ ।
प्रहरीका अनुसार अधिकारी यसअघि नै हातहतियार तथा खरखजाना र विष्फोटक पदार्थसम्बन्धी कसुरमा मुध्दा दर्ता भई सरकारको नजरमा फरार थिइन् । जाजरकोट,छेडागाड–९ की सावित्री काठमाण्डौंको बूढानिलकण्ठ–२ चपलीहाइटमा बस्दै आएकी थिइन् ।
प्रकाशित मितिः २०७७ कार्तिक १७ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३१ असार २०८२ १२:१५