चाँगुनारायण नगरपालिकामा कोरोना संक्रमित पुरुषको होम आइसोलेसन मै मृत्यु

भक्तपुर न्यूज

१७ कार्तिक २०७७ ७:३२

चाँगुनारायण नगरपालिकामा कोरोना संक्रमित पुरुषको होम आइसोलेसन मै मृत्यु

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा एक कोरोना संक्रमित पुरुषको होम आइसोलेसन मै मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–२ का ७९ वर्षीय पुरुषको आज बिहान साढे ८ बजे आफ्नै घरमा मृत्यु भएको हो ।

उनको कार्तिक १३ गते स्वाब परीक्षण गरिएको र रिपोर्ट भने कार्तिक १५ गते पोजेटिभ आएको थियो । मृगौलाका बिरामी उनको डाइलाईसिस गर्ने क्रममा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको चाँगुनारायण नगरपालिका–२ का वडाध्यक्ष शिवहरी के.सी.ले जानकारी दिए ।

मृतकको स्थायी ठेगाना झापाको चारपाने १० रहेको वडाध्यक्ष के।सी।ले बताए । शवको व्यवस्थापन नेपाली सेनाले गर्दैछ ।

प्रकाशित मितिः २०७७ कार्तिक १७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *