दाङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु ,२ जना घाइते

भक्तपुर न्यूज

१७ कार्तिक २०७७ ७:४७

दाङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु ,२ जना घाइते

दाङ । घोराही–लमही सडक खण्डमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । आइतबार साँझ करिब साढे ८ बजेतिर घोराही लमही सडक खण्ड अन्र्तगत घोराही ३ भैसी बगाउने खोलामा ट्रक दुर्घटना हुँदा ट्रक चालक बाँकेका ३५ बर्षीय प्रकाश परियारको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

घोराहीबाट लमही जाँदै गरेको ना ६ ख ६२० नम्बरको ट्रक अचानक दुर्घटना हुँदा ट्रक चालक परियारको घटना स्थालमै मृत्यु भएको र अन्य २ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले बताए ।

घाइतेलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही सामान्य उपचारपछि थप उपचारको लागी नेपालगंज मेडिकल कलेज कोहलपुरमा रिफर गरिएको थियो ।

घाइते हुनेमा तुलसीपुर १४ का नबिन केसी डिस्चार्ज भएको र अर्का करिब ३१ बर्षीय नाम ठेगना खुल्न नसकेको ब्यक्तिको कोहलपुरबाट पनि थप उपचारको लागी बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाको बारेमा जिप्रका दाङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक १७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *