फिलिपिन्समा ‘गोनी’का कारण १० जनाको मृत्यु ,लाखौं मानिस प्रभावित

भक्तपुर न्यूज

१७ कार्तिक २०७७ ७:१९

फिलिपिन्समा ‘गोनी’का कारण १० जनाको मृत्यु ,लाखौं मानिस प्रभावित

काठमाडौं । फिलिपिन्समा ‘गोनी’ आँधीका कारण २० लाखभन्दा बढी मानिस प्रभावित भएका छन्। सीएनएनका अनुसार हालसम्म १० जनाको मृत्यु भइसकेको छ। केही घाइते भएका छन्। स्थानीय भाषामा ‘रोली’ नाम दिइएको आँधीसँगै आएको वर्षा, बाढी पहिरोले मनालीको तटीय क्षेत्रमा बस्दै आएकाहरु प्रभावित भएका छन्।

सन् २०१३ मा आएको हाइना आँधीपछि गोनी सबैभन्दा शक्तिशाली आँधी रहेको अधिकारीहरुले बताएका छन्। २२५ किलोमिटर प्रति घण्टाको गतिमा आएको आँधीका कारण धेरै घरहरुमा क्षति पुगेको छ।

आँधी निकै नै शक्तिशाली रहेको र यसले अझै क्षति गर्न सक्ने अधिकारीहरुले बताएका छन्। विभिन्न शहरहरु जलमग्न भएका छन् भने सडक, बिजुली अवरुद्ध भएको छ। गोनी आँधीको प्रभाव अझै रहने भन्दै अधिकारीहरुले सबैलाई सर्तक रहन आग्रह गरेका छन्। सीएनएन

प्रकाशित मितिः २०७७ कार्तिक १७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *