भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख २२ हजार नाघ्यो

भक्तपुर न्यूज

१७ कार्तिक २०७७ ६:२४

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख २२ हजार नाघ्यो

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ८२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४६ हजार ४४१ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८२ लाख २९ हजार ३२२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७५ लाख ४२ हजार ९०५ जना संक्रमणमुक्त भएका छन् । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २२ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४३९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २२ हजार ६४२ पुगेको छ ।एजेन्सी

प्रकाशित मितिः २०७७ कार्तिक १७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *