सवारी दुर्घटनामा २ वर्षीया बालिकाको मृत्यु
काठमाडौं । काठमाडौंको बाफलमा आइतबार साँझ भएको सवारी दुर्घटनामा २ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाफल बस्ने धादिङकी २२ वर्षीया देवी तामाङकी २ वर्षीया छोरी दिपशिखा रहेकी छिन् ।
पैदलयात्री देवीलाई बा ५६ प ४४५ नम्बरको स्कुटरले ठक्कर दिएको थियो । स्कुटरको ठक्कर पश्चात तामाङको काखमा रहेकी उनकी २ वर्षीया छोरी दिपशिखा भुईमा खसेकी थिइन् । बालिकालाई पछाडीबाट आइरहेको भारतीय नम्बरको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएकी बालिकाको उपचारको क्रममा स्वयम्भू स्थित मनमोहन मेमोरियल अस्पतलामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै सवारी साधन सहित चालकलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक १७ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३२ असार २०८२ ७:१५