सँगै जान सकिएन, अब अलग-अलग लागौं : प्रचण्ड

भक्तपुर न्यूज

१६ कार्तिक २०७७ १३:२८

सँगै जान सकिएन, अब अलग-अलग लागौं :  प्रचण्ड

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अलग-अलग हिँड्न आग्रह गरेको ब्रिफ्रिङ गरेका छन्।

खुमलटारमा आफू निकट नेताहरूसँग कुराकानी गर्दै कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले शनिबारको भेटघाटमा सो प्रस्ताव गरेको ब्रिफ्रिङ गरेका हुन्।

प्रधानमन्त्रीज्यूले सँगै जान सकिएन, अब अलग-अलग लागौं भनेर प्रचण्डजीसँग प्रस्ताव गर्नुभएछ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘प्रधानमन्त्री स्वयंले उक्त प्रस्ताव गरेपछि पार्टी एकता कायम गर्न लागि परेका छौं।’ उनका अनुसार शनिबार र आइतबारको छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग उक्त प्रस्ताव गरेका थिए।

खुमलटारमा आफू निकट नेताहरुलाई बोलाएर प्रधानमन्त्रीले गरेको प्रस्तावका वारेमा छलफल गरेको र पार्टी एकता कायम गराउनका लागि तिब्रताको साथ छलफल भईरहेको श्रेष्ठले जानकारी दिए।

प्रकाशित मितिः २०७७ कार्तिक १६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *