भक्तपुरका ९६ सहित उपत्यकामा थपिए १६२२ कोरोना संक्रमित
काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६२२ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १ हजार ३ सय ६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ६ सय २० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ।
आज १३ हजार २३ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। आज सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ रहेको मन्त्रालयले जनाएको छ। हाल २३८६ जना क्वारेन्टाइनमा छन्।
प्रकाशित मितिः २०७७ कार्तिक १६ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४