टाइगर श्राफसँग जोडी बाध्दै तारा सुतारिया

भक्तपुर न्यूज

१६ कार्तिक २०७७ १०:४०

टाइगर श्राफसँग जोडी बाध्दै तारा सुतारिया

काठमाडौँ। बलिउडका एक्सन स्टार टाइगर श्राफको नयाँ फिल्म ‘हिरोपन्ती २’ मा अभिनेत्री तारा सुतारियाले अभिनय गर्ने भएकी छिन् । यस अघि फिल्म ‘स्टूडेन्ट अफ द ईयर २’ मा देखिएका यी दुई फेरि एकपटक फिल्ममा जोडि बाध्ँने भएका हुन् ।

फिल्म ‘स्टूडेन्ट अफ द ईयर २’ बाट नै बलिउडमा डेब्यु गरेकी तारा अबको फिल्म हिरोपन्ती २ लाई लिएर उत्साहित छिन् । उनले हिरोपन्ती २ मा खेल्न पाउँदा सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेकी छिन् ।

उनले लेखेकी छन्, ुमलाई विश्वास गर्नुभएकोमा साजिद सरलाई धन्यवाद । ‘हिरोपन्ती २’ मा म काम गर्न जाँदैछु । मेरो जन्मदिनको महिनामा योभन्दा राम्रो सुरुवात अरु हुनै सक्दैन ।’

केहि समयअघि निर्माता साजिद नाडियाडवालाले फिल्म ‘हिरोपन्ती २’ को घोषणा गरेका थिए । यस फिल्मलाई अहमद खानले निर्देशन गर्दै छन् जसले यस अघि बागी २ र बागी ३ पनि निर्देशन गरेका थिए। यी फिल्मले दर्शकको पनि जितिसकेका छन् ।

प्रकाशित मितिः २०७७ कार्तिक १६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *