फिलिपिन्समा ‘गोनी’ आँधीका कारण ४ जनाको मृत्यु , हजारौँ विस्थापित
काठमाडौं । फिलिपिन्समा ‘गोनी’ आँधीका कारण धेरै घरहरुमा क्षति पुगेको छ । सरकारी आँधी मापन निकायले दिएको जानकारी अनुसार प्रतिघण्टा ३१० किलोमिटरका दरले तीव्र रुपमा आँधी आएको आँधीका कारण हालसम्म ४ जनाको मृत्यु भएको छ।
सरकारी अधिकारीहरुले विनाशकारी आँधीको खतरा देखाउँदै नागरिकलाई सचेत गराएका छन् । जसले गर्दा समुद्र किनारका हजारौँ मानिस विस्थापित भएका छन् ।
आँधी निकै नै शक्तिशाली रहेको र यसले अझै क्षति गर्न सक्ने अधिकारीहरुले बताएका छन्। विभिन्न शहरहरु जलमग्न भएका छन् भने सडक, बिजुली अवरुद्ध भएको छ।
सन् २०१३ मा आएको हाइना आँधीपछि गोनी सबैभन्दा शक्तिशाली आँधी रहेको अधिकारीहरुले बताएका छन्। हाइना आँधीकमा परि करिब ६ हजार मानिसको मृत्यु भएको थियो।
गोनी आँधीका कारण सञ्चार सेवा पनि अवरुद्ध भएको छ। जसकारण भिराक शहरमा बस्दै आएका ७० हजार मानिससँग सम्पर्क टुटेको छ। गोनी आँधीको प्रभाव अझै रहने भन्दै अधिकारीहरुले सबैलाई सर्तक रहन आग्रह गरेका छन्। एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक १६ आइतबार