जोरबिजोर प्रणालीमा मंगलबारदेखि मोटसाइकल कार्यालय खुल्दै

भक्तपुर न्यूज

१६ कार्तिक २०७७ ९:२१

जोरबिजोर प्रणालीमा मंगलबारदेखि मोटसाइकल कार्यालय खुल्दै

काठमाडौं । कर्मचारीमा कोरोना संक्रमण देखिएसंगै दसैंअघि नै बन्द भएको यातायात व्यवस्था कार्यालय मोटरसाइकल सतुंगल आइतबारबाट खुलेको छ। कार्यालयले केही समयका लागि सीमित सेवा मात्र दिन सूचना जारी गरी जानकारी दिएको छ।

कार्यालयले कात्तिक १८ गते मंगलबारदेखि सवारी दर्ता प्रमाणपत्र नवीकरण र सवारी साधनको नामसारीको सेवा दिने जनाएको छ। कार्यालयले जोर गते जोर नम्बरका मोटरसाइकल र बिजोर गते बिजोर नम्बर प्लटेका मोटरसाइकलको ब्लुबुक नवीकरण गर्नेछ।

त्यस्तै प्रत्येक फाँटबाट १० वटा नामसारी हुने गरी प्रत्येक दिन कुल ६० वटा टोकन वितरण हुने र टोकन लिएका सवारीसधनीहरुको मात्र उक्त दिन नामसारी हुने सूचनामा उल्लेख छ।

यसबाहेक ब्लुबुकको प्रतिलिपी, सरुवा सहमति, नामसारी रोक्का, लगत कट्टा, दर्ता खारेज, सवारी साधन विवरण लगायतका अन्य सेवाहरु नियमित रुपमा सञ्चालन हुने कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक १६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *