गैंडाको आक्रमणबाट एक जना पुरुषको मृत्यु
चितवन । पूर्वी नवलपरासीको देवचुलीमा गैंडाको आक्रमणबाट आज (आइतबार) एक जना पुरुषको मृत्यु भएको छ ।गैंडाको आक्रमणबाट देवचुली नगरपालिका वडा नम्बर १७ कुलेनी निवासी ६५ वर्षीय जंगिलाल मुखियाको मृत्यु भएको हो ।
चितवन राष्ट्रिय निकुञ्जवाट आएको गैंडाले आइतबार विहान करिब ५:४० बजे मुखियालाई आक्रमण गरेको थियो । खेतमा जाने क्रममा गैंडाको आक्रमणमा परेका उनलाई छिमेकिहरुले उद्दार गरेका थिए । घाइते मुखियाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रवहादुर पाण्डेले जानकारी दिए ।
प्रकाशित मितिः २०७७ कार्तिक १६ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४