तास खेलिरहेको अवस्थामा भक्तपुरबाट १२ जुवाडे पक्राउ

भक्तपुर न्यूज

१६ कार्तिक २०७७ ८:३९

तास खेलिरहेको अवस्थामा भक्तपुरबाट १२ जुवाडे पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१० कमलबिनायक बस्ने माधव सुवालको घरमा तास खेलिरहेको अवस्थामा माधव लगायत लगायत १२ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

माधवको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९० हजार ५ सय रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक १६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *