अक्षय कुमार र कियाराको ‘लक्ष्मी’ हलमा पनि रिलिज गरिने

भक्तपुर न्यूज

१६ कार्तिक २०७७ ८:२८

अक्षय कुमार र कियाराको ‘लक्ष्मी’ हलमा पनि रिलिज गरिने

काठमाडौं । अक्षय कुमार र कियारा आडवाणी अभिनित फिल्म ‘लक्ष्मी’ सिनेमा हलमा पनि रिलिज गरिने भएको छ । शुरुमा यो फिल्मको नाम ‘लक्ष्मी बम’ राखिएको थियो । करणी सेनाको विरोधपछि फिल्मको नाम ‘लक्ष्मी’ मात्र राखिएको थियो ।

यो फिल्म डिज्ने हटस्टारमा ९ नोभेम्बरमा रिलिज हुँदैछ । बलिउड सितारा भएको यो फिल्म सीधै ओटीटीमा रिलिज गर्न लागिएको हो ।

यो फिल्म भारतका सिनेमा घरमा रिलिज नभए पनि विदेशका केही सिनेमा घरमा भने प्रदर्शन हुने जनाइएको छ । राघव लरेन्सद्वारा निर्देशित फिल्म ‘लक्ष्मी बम’ को ट्रेलर दर्शकले रुचाएका छन् । रिलिजअघि फिल्म चर्चामा छ ।

प्रकाशित मितिः २०७७ कार्तिक १६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *