लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा

भक्तपुर न्यूज

१६ कार्तिक २०७७ ३:३७

लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं । साविक बिजेता लिभरपुल ईङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा वेस्ट ह्यामलाई पराजित गरेसँगै तीन अंकको अग्रतासहित लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

एनफिल्डमा भएको खेलमा लिभरपुलले २–१ को पुनरागमन जित निकाल्यो ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डिएगो जोटाले पुन एक पटक गोल गरेपछि लिभरपुल विजयी बनेको हो ।

पाहुना टोलीका पाब्लो फोर्नल्सले सुरुवाती दशौं मिनेटमा वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए ।

मोहमद सलाहाले ४२औं मिनेटमा पेनाल्टी गोलमार्फत लिभरपुललाई बराबरीमा ल्याए । खेल सकिन ५ मिनेट बाँकी हुँदा जोटाले लिभरपुलका लागि विजयी गोल गरे ।

जितसँगै लिभरपुलको ७ खेलबाट १६ अंक छ । वेस्ट ह्याम ८ अंक सहित १३औं स्थानमा छ ।

प्रकाशित मितिः २०७७ कार्तिक १६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *