लागुऔषध ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ
झापा । लागुऔषध ब्राउनसुगरसहित झापाको मेचीनगर–६ बाट एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार बेलुका २६ ग्राम ब्राउनसुगरसहित २५ वर्षीय साधिक आलमलाई लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
आलम भारतको पश्चिम बङ्गालस्थित खोरोबारीको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
आलमले भारतबाट नेपालतर्फ अवैधरूपमा लुकाइछिपाई ब्राउनसुगर ल्याउँदै गर्दा जाँच गर्ने क्रममा पक्राउ परेका हुन् । उनलाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक १६ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४