रियल मड्रिड पुग्यो शीर्ष स्थानमा

भक्तपुर न्यूज

१६ कार्तिक २०७७ ३:१७

रियल मड्रिड पुग्यो शीर्ष स्थानमा

काठमाडौँ । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले हुएस्कालाई ४–१ ले पराजित गरेर रियल सोसिडाडलाई पछि पार्न सफल भएको हो ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि ४० औँ मिनेटमा इडन हजार्डले गोल गरे । उनले रियल मड्रिडका लागि एक वर्ष भन्दा लामो समयपछि गोल गरेका हुन् ।

उनले यसअघि सन् २०१९ को अक्टोबर ५ मा ग्रानाडाविरुद्ध ला लिगामा गोल गरेका थिए । रियल मड्रिडका लागि शनिबार राति भएको खेलमा करिम बेन्जिमाले ४५ र ९० औँ मिनेटमा गरी दुई गोल गरे । यस्तै ५४ औँ मिनेटमा फेदेरिको भाल्भेर्देले गोल गरे ।

हुएस्काका लागि ७४ औँ मिनेटमा डेविड फेरेइरोले एक गोल गरे । जितपछि रियल मड्रिडको सात खेलबाट १६ अंक भएको छ ।

उ दोस्रो, तेस्रो र चौथो स्थानका रियल सोसिडाड, एथ्लेटिको मड्रिड र काडिज भन्दा दुई अंकले अघि छ । यस्तै १२ औँ स्थानमा रहेको बार्सिलोना भन्दा उ ८ अंकले अघि रहेको छ ।

शनिबार राति नै भएको खेलमा एथ्लेटिको मड्रिडले ओसासुनालाई ३–१ र एथ्लेटिको बिल्बाओले सेभिल्लालाई २–१ पराजित गरेका छन् । एजेन्सी

प्रकाशित मितिः २०७७ कार्तिक १६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *