एम्बाप्पेको गोलमा पीएसजीको शानदार जित

भक्तपुर न्यूज

१६ कार्तिक २०७७ ३:१०

एम्बाप्पेको गोलमा पीएसजीको शानदार जित

काठमाडौँ । केलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मेन पीएसजीले लिग वान फुटबलमा शानदार जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले नान्ट्सलाई ३–० गोल अन्तरले पराजित गरेको हो । एम्बाप्पेले एक गोल गर्नुका साथै थप एक गोलको अवसरसमेत सिर्जना गरे ।

आन्द्रे हेरेराले ४७औं मिनेटमा पीएसजीलाई अघि बढाएका थिए । एम्बाप्पेको पासमा उनले पीएसजीका लागि पहिलो गोल गरेका थिए ।

६५औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए । खेल सकिन दुई मिनेट बाँकी छदाँ पाब्लो साराबियाले पीएसजीका लागि तेस्रो गोल गरेका थिए ।

मुख्य फरवार्ड नेयमार चोटका कारण मैदानमा अनुपस्थित थिए । उनले च्याम्पियनस लिगको पछिल्लो खेलमा टर्कीस क्लबविरुद्ध चोट बोकेका थिए । जितसँगै शीर्ष स्थानको पीएसजीको ९ खेलबाट २१ अंक भएको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक १६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *