यस्तो रहनेछ आइतबार नेपालको मौसम

भक्तपुर न्यूज

१६ कार्तिक २०७७ २:४९

यस्तो रहनेछ आइतबार नेपालको मौसम

काठमाडौँ । आज देशका केही स्थानमा आंशिक बदली भए पनि अरु स्थानको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले उल्लेखनीय मौसमी प्रणाली नरहे पनि स्थानीय वायुको प्रभावका कारण केही स्थानमा आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् ।

अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । अरु भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

आइतबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति भने प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने छ । अरु भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । देशभर अहिले चिसो बढ्ने क्रममा छ ।

प्रकाशित मितिः २०७७ कार्तिक १६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *