भक्तपुरमा देखिएका ४९ जना संक्रमित (विवरणसहित)

भक्तपुर न्यूज

१६ कार्तिक २०७७ २:४१

भक्तपुरमा देखिएका ४९ जना संक्रमित (विवरणसहित)

भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा ४९ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा ७९ जना संक्रमित भएको बताएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा चाँगुनारायण नगरपालिकाका १४ जना, भक्तपुर नगरपालिकाका ६ जना, मध्यपुर थिमी नगरपालिकाका २० जना, सुर्यविनायक नगरपालिकाका २९ जना तथा सम्पर्क हुन नसकेका १० जना रहेका छन् ।

योसँगै जिल्ला भित्र कुल ५ हजार ७८९ जना संक्रमित रहेका छन् । यस्तै, जिल्लामा निको हुनेको संख्या ३ हजार ८६६ जना रहेका छन् भने सक्रिय संक्रमित १ हजार ८५० जना रहेका छन् । यस्तै, जिल्लामा २३ जना महिला र ५० जना पुरुष गरी कूल ७३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *