मराठी फिल्मको हिन्दी रिमेक बनाउँदै सलमान खान

भक्तपुर न्यूज

१५ कार्तिक २०७७ १३:४०

मराठी फिल्मको हिन्दी रिमेक बनाउँदै सलमान खान

काठमाडौँ। बलिउड अभिनेता सलमान खानले हालै आफ्नो फिल्म ‘राधे’ को शूटिङ सकेका छन् । अब सलमानले अर्को नयाँ फिल्मको शूटिङको काम थालेका छन् । खबरका अनुसार सलमानले सन् २०१८ मा रिलिज भएको मराठी फिल्म ‘मुशली प्याटर्न’ को हिन्दी रिमेक ‘अन्तिम’ मा शीर्ष भूमिका निभाउँदैछन् ।

फिल्ममा सलमान खानसँगै आयुष शर्मा पनि शीर्ष भूमिकामा देखिनेछन् । फिल्मको छायांकन छिट्टै हुने बताइएको छ ।  महेश माञ्जरेकरको निर्देशनमा बन्ने यो फिल्म मराठी फिल्मको हुबहु कपी भने हुने छैन । फिल्ममा सलमान खान एक प्रहरीको भूमिकामा देखिनेछन् ।

फिल्मको छायांकन नोभेम्बरबाट शुरु हुने जनाइएको छ । शुरुमा फिल्मको नाम ‘ग्याङ अफ नर्थ’ राखिएको थियो । पछि नाम फेरेर ‘अन्तिम’ राखिएको हो। यो फिल्मको छायांकन मुम्बई र कर्जतमा हुनेछ । एजेन्सी

प्रकाशित मितिः २०७७ कार्तिक १५ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *