कौडा खेलिरहेका ३ जना ३ लाखभन्दा बढी नगदसहित पक्राउ

भक्तपुर न्यूज

१५ कार्तिक २०७७ १३:३२

कौडा खेलिरहेका ३ जना ३ लाखभन्दा बढी नगदसहित पक्राउ

काठमाडौँ। महोत्तरीको मनराशिश्वा नगरपालिका–७ बाँसघारीबाट कौडा खेलिरहेको अवस्थामा सोही ठाउँका ४० वर्षीय विनोदकुमार साहसहित तीन जना पक्राउ परेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरूको साथबाट शनिबार बिहान नगद ३ लाख ३२ हजार ९६० रूपैयाँ र ९ थान कौडा बरामद गरिएको छ।

अस्थायी प्रहरी पोष्ट सलपल्लो र इलाका प्रहरी कार्यालय बलवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। साथै, खेलमा संलग्न अन्य फरार व्यक्तिको प्रहरीले खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मितिः २०७७ कार्तिक १५ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *