भक्तपुर नआउने भइन् नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि राष्ट्रपति

भक्तपुर न्यूज

१५ कार्तिक २०७७ ५:२९

भक्तपुर नआउने भइन्  नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि  राष्ट्रपति

भक्तपुर । बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा यसवर्ष राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुर नजाने भएकी छिन्‌।

यसअघिका वर्षहरूमा नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि भक्तपुरमा जाने गरेपनि यो वर्ष कोरोना कारण उनी नजाने भएकी हुन् ।

विसं२०४५ पछि पहिलो पटक कोजाग्रत पूर्णिमामा राष्ट्रप्रमुख नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि भक्तपुर नआउने भएको बताइएको छ।

बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन राष्ट्रप्रमुख भक्तपुर गँछेंस्थित नवदुर्गा द्यछें पुगेर नव​दुर्गा भवानीको दर्शन तथा प्रसाद ग्रहण गर्ने प्रचलन स्व राजा वीरेन्द्रले शुरु गरेका थिए।

उनले विसं २०४५ सालमा शुरु गरेको प्रचलनलाई पुर्व राजा ज्ञानेन्द्र, विसं २०६२र०६३ को जनआन्दोलन पछि राजाको अधिकारी कटौती गरेर प्रधानमन्त्री र राष्ट्रप्रमुखको भूमिकामा रहेका स्व। गिरिजा प्रसाद कोइरालाले पनि निरन्तरता दिएका थिए।

त्यसैगरी गणतन्त्रको स्थापनापछि प्रथम राष्ट्रपति डा रामवरण यादवले पनि यसलाई निरन्तरता दिएका थिए भने राष्ट्रपति विद्यादेवी भण्डारीको अनुपस्थितिमा उपराष्ट्रपति नन्दकिशोर पुनले समेत निरन्तरता दिएका थिए।

प्रकाशित मितिः २०७७ कार्तिक १५ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *