रोनाल्डो कोरोना संक्रमण मुक्त
काठमाडौँ । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् । युभेन्ट्सका स्टार स्ट्राइकर रोनाल्डो शुक्रबार कोरोना संक्रमणबाट मुक्त भएको युभेन्टसले जनाएको छ ।
रोनाल्डोको पछिल्लो रिपोर्ट नेगेटिभ आएको युभेन्ट्सले जनाएको छ । कोरोना देखिएको १९ दिनपछि रोनाल्डो कोरोना मुक्त भएका हुन् ।
नेसन्स लिग खेल्न पोर्चुगल पुगेका रोनाल्डोलाई अक्टोबर १४ मा कोरोनाको संक्रमण देखिएको थियो । कोरोना संक्रमित भएपछि रोनाल्डो दुई साता भन्दा बढीबाट मैदान बाहिर रहदै आएका छन् । नेसन्स लिग अन्तर्गत स्वीडेनसँगको खेल अघि रोनाल्डोलाई कोरोना देखिएको थियो । एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक १५ शनिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००