थप ४ हजार ९६ जना कोरोना संक्रमित संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ९६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा एक लाख २८ हजार ८ सय ५८ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ७६दशमलभ ७ प्रतिशत रहेको छ।
मन्त्रालयका अनुसार १४ हजार ९ सय ८९ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै १४ लाख ३४ हजार ५३ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २ हजार ६ सय ६६ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३८ हजार ३ सय ५७ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मितिः २०७७ कार्तिक १४ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४