तनहुँमा एटीएम मेसिन तोडफोड गर्न खोज्ने युवक पक्राउ

भक्तपुर न्यूज

१४ कार्तिक २०७७ ८:१९

तनहुँमा एटीएम मेसिन तोडफोड गर्न खोज्ने युवक पक्राउ

तनहुँ । तनहुँमा माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गर्न खोज्ने १ जना पक्राउ परेका छन् । तनहुँको दमौलीस्थित माछापुच्छ्रे बैङ्कको एटिएम मेशिन तोडफोड गर्न खोज्ने १ युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पर्सा सुगौली गाउँपालिका–२ घर भएका १९ वर्षीय किरण बानियाँ छन् ।

व्यास नगरपालिका–४ ट्राफिक चोकस्थित राजमार्ग सडक किनारामा रहेको बैङ्कको एटिएम मेशिन तोडफोड गरी पैसा लुट्ने योजनाका साथ एटिएमको पिन स्क्रुपको सहायताले खोल्दै गरेका अवस्थामा बानियाँ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

प्रहरीले बानियाँको साथबाट १ सय ३५ थान नाइट्राजेपाम लागुऔषधसमेत बरामद गरेको छ । अभियुक्तविरुद्ध विहीबार तनहुँ जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरिएको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक १४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *