बेनी आउँदै गरेको जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

भक्तपुर न्यूज

१४ कार्तिक २०७७ ८:०५

बेनी आउँदै गरेको जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

म्याग्दी । म्याग्दीको ठाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको जीप बेनी-गलेश्वर सडक खण्डमा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। रघुगंगा–६ पाखापानीदेखि बेनी आउँदै गरेको ११ जना यात्रु सवार ध१ज ८९६ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा १० वर्षीया रिया विकको मृत्यु भएको तथा चालकसहित दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। बेनी नगरपालिका–८ र ९ को सीमानामा पर्ने रातोपहिरोमा दुर्घटना हुँदा अन्नपूर्ण–२ की १० वर्षीया रिया विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा पुर्‍याउँदा रियालाई चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए । मृतक बालिका दसैंमा मामाघर गएर आफ्नो घर फर्कन बेनीतर्फ आउँदै थिइन् ।

खुट्टा भाँचिएका ४२ वर्षीय दलप्रसाद गौचनलगायत ९ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ । जीप सडकदेखि २५ मिटर तल कालीगण्डकी किनारमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिनबहादुर खड्काले बताए ।

प्रकाशित मितिः २०७७ कार्तिक १४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *