अल्ट्रा फास्ट थ्रिडी क्यामेरा ; जसले खिच्न सक्छ प्रति सेकेण्ड १ खर्ब फ्रेम

भक्तपुर न्यूज

१४ कार्तिक २०७७ ७:५३

अल्ट्रा फास्ट थ्रिडी क्यामेरा ; जसले खिच्न सक्छ प्रति सेकेण्ड १ खर्ब फ्रेम

काठमाडौं । मेडिकल तथा इलेक्ट्रिकल इन्जिनियर तथा ब्रेन प्रोफेसर लिहंङ वाङ र उनको टिमले अल्ट्रा फास्ट थ्रिडी क्यामेरा बनाएका छन् । उनीहरुले बनाएको उक्त क्यामेराले एक खर्ब फ्रेम प्रति सेकेण्डका दरले फोटो तथा भिडियो क्याप्चर गर्न सक्नेछ ।

यसअघि उनिहरुकै समूहले ७० ट्रिलियन अर्थात ७ सय खर्ब फ्रेम प्रति सेकण्डका दरले फोटो तथा भिडियो खिच्न सकिने उल्लेख गरिएको छ । यसरी फ्रेम प्रति सेकण्डको गतिलाई कम गर्नुको उद्देश्य भिडियो तथा फोटो तिन फरक डाइमेन्सनमा पूर्ण डिटेल्सका साथ लिन सकिन्छ भन्ने हो ।

एक खर्ब फ्रेम प्रति सेकेण्ड भएको क्यामेराले ‘सिंगल–सट–स्टेरीयो–पोलारिमेट्रिक कम्प्रेस्ड अल्ट्रा फास्ट फोटोग्राफी’(एसपी–सीयुपी) प्रविधिको प्रयोग गर्ने उल्लेख गरिएको छ ।यसको मद्दतले उच्च गतिमा थ्रिडी भिडियो खिच्न सकिनेछ । उक्त क्यामेरोको डिजाइन मान्छेको दुई आँखाले डेप्थसँग मिल्ने गरी बनाइएको छ, जसले गर्दा आँखाले जस्तो देखिन्छ त्यस्तै फिल क्यामेराले दिनेछ ।

प्रकाशित मितिः २०७७ कार्तिक १४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *