चितवनमा थप दुई जना संक्रमितको मृत्यु

भक्तपुर न्यूज

१४ कार्तिक २०७७ ६:३६

चितवनमा थप दुई जना संक्रमितको मृत्यु

चितवन । कोरोना संक्रमणको कारण चितवनमा थप दुई जनाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचाररत चितवनका एक र रुपन्देहीका एक पुरुषको मृत्यु भएको हो।

चितवनको रत्ननगरपालिका ९ का ८८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो। कात्तिक ११ गते अस्पताल भनाए भएका उनमा १२ गते संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि उनको आईसियु कक्षमा उपचार भइरहेको थियो।

त्यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका ८ का ८४ वर्षीय पुरुषको उपचारको क्रममा गएराति मृत्यु भएको हो। कात्तिक ३ गते कोरोना पुष्टि भएको उनमा ज्वरो, उच्चरक्तचाप र श्वास प्रश्वासको समस्या रहेको अस्पतालले जनाएको छ।

प्रकाशित मितिः २०७७ कार्तिक १४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *