आइपिएलमा आज पञ्जाब र राजस्थानबीच प्रतिस्पर्धा हुँदै

भक्तपुर न्यूज

१४ कार्तिक २०७७ ६:२९

आइपिएलमा आज पञ्जाब र राजस्थानबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ । आज किङ्स इलाभेन पञ्जाब र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

शेख जायद क्रिकेट स्टेडियममा पञ्जाब र राजस्थानबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । केएल राहुलको कप्तानी मैदान उत्रने पञ्जाब सातौं जितको खोजीमा हुनेछ । १२ खेलमा १२ अंक जोडेको पञ्जाब तालिकाको चौंथो स्थानमा रहेको छ । पञ्जाब राजस्थानलाई हराएर प्ले अफ यात्रा बलियो बनाउन चाहन्छ ।

यता, स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थान छैठौं जितको खोजीमा हुनेछ । १२ खेलमा १० अंक जोडेको राजस्थान सातौं स्थानमा रहेको छ । प्ले अफको गणितीय सम्भावना कायम राख्न पनि राजस्थानलाई जितको विकल्प छैन । यस सिजनको पहिलो भेटमा राजस्थानले पञ्जाबलाई ४ विकेटले हराएको थियो ।

प्रकाशित मितिः २०७७ कार्तिक १४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *