ओरालो लाग्यो सुुनको मूल्य

भक्तपुर न्यूज

१४ कार्तिक २०७७ ६:२४

ओरालो लाग्यो सुुनको मूल्य

काठमाडौं । शुक्रबार बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले ओरालो लागेको छ । शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ तोकिएको छ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। कार्तिक ६ गते प्रतितोला ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य कार्तिक १३ गते प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको थियो।

शुक्रबारका लागि चाँदीको मूल्य भने स्थिर छ। बिहीबार प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार पनि त्यति नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। कार्तिक ६ गते १२ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य कार्तिक १३ गतेका लागि ११ सय ८० रुपैयाँमा झरेको थियो।

प्रकाशित मितिः २०७७ कार्तिक १४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *