कस्मिरमा भाजपाका नेतासहित तीन जनाको हत्या

भक्तपुर न्यूज

१४ कार्तिक २०७७ १:५६

कस्मिरमा भाजपाका नेतासहित तीन जनाको हत्या

काठमाडौं । दक्षिणी कस्मिरको कुलगाममा भारतीय जनता पार्टी भाजपाका नेता फिदा हुसैनसहित ३ जनाको हत्या गरेका छन्।

भारतीय सञ्चार माध्यमहरूका अनुसार हुसैन भाजपा युवा मोर्चाका महासचिव थिए । उनका दुई कार्यकर्ता उमर रासिद बेग र उमर रमजान हाजमको बिहीबार साँझ हत्या भएको हो ।

एक जनाको घटनास्थलमै र अन्य दुई जनाको अस्पताल लानेबित्तिकै मृत्यु भएको कुलगाम प्रहरीले जनाएको छ। काजिगुन्ड बस्दै आएका हुसैनमाथि घर फर्कदै गर्दा कारमा हमला भएको प्रहरीले जनाएको छ । आक्रमणको जिम्मा लस्कर ए तैयबाको सहयोगी संगठन ‘द रजिस्टेन्स फ्रन्टु टीआरएफले लिएको छ । एजेन्सी

प्रकाशित मितिः २०७७ कार्तिक १४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *