युरोपा लिग फुटबलमा टोटेनहमको हार

भक्तपुर न्यूज

१४ कार्तिक २०७७ १:४६

युरोपा लिग फुटबलमा टोटेनहमको हार

काठमाडौं । युरोपा लिग फुटबलमा टोटेनहमले हार ब्यहोरेको छ । बिहिबार राति समूह जेको खेलमा बेल्जियमको रोयल एन्टवर्पसंग टोटेनहम पराजित बनेको हो ।

रोयल एन्टवर्पलाई जित दिलाउन २९ औं मिनेटमा लियोर रेफेलोवले विजयी गोल गरेका थिए । डिफेन्डर बेन डेविसको गल्तीमा एन्टवर्पले टोटेनहमविरुद्ध पहिलो हाफमै गोल गरेको थियो ।

टोटेनहमबाट २ सयौं खेलमा खेलिरहेका डेविसबाट बल खोस्दै डाइमुमेरसी म्बोकानीले लियोरलाई गोलका लागि बल उपलब्ध गराएका थिए ।

प्रशिक्षक जोसे मौरिन्होले पहिलो हाफमा मुख्य चार खेलाडीलाई आराम दिएका थिए । तर दोस्रो हाफमा ह्यारी केन, सन ह्युङ मिन, लुकास मौरालाई मैदान प्रवेश गराएपनि टोटेनहमले हार टार्न सकेन । समूह जेको दुई खेलबाट एन्टवर्प ६ अंक जोड्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानको टोटेनहमको ३ अंक छ । एजेन्सी

प्रकाशित मितिः २०७७ कार्तिक १४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *