यस्तो रहनेछ आज शुक्रबारको मौसम

भक्तपुर न्यूज

१४ कार्तिक २०७७ १:१६

यस्तो रहनेछ आज शुक्रबारको मौसम

काठमाडौँ । आज शुक्रबार देशका पहाडी भूभागको मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अन्य भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन्। शुक्रबार राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

अहिले बिहान देशका उच्च पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ।

प्रकाशित मितिः २०७७ कार्तिक १४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *