हत्याको अभियोगमा ४ पक्राउ

भक्तपुर न्यूज

१३ कार्तिक २०७७ १४:४३

हत्याको अभियोगमा  ४ पक्राउ

स्याङ्जा । पुतलीबजार नगरपालिका–६ कोलडाँडा टक्सारमा पुरीस्वरा निवासी २९ वर्षीय सूर्य बहादुर गुरुङको हत्या गरेको अभियोगमा प्रहरीले ४ जनालाई बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका–६ बछिन डाँडा टक्सार बस्ने ३३ वर्षीय टाउके भन्ने इन्द्रजित गुरुङ, ३४ वर्षीय गिरे प्रसाद गुरुङ, २४ वर्षीय किङकङ गुरुङ र २८ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।

सोही ठाउँ दाङलिङ गाउँबाट कोलडाँडा हुँदै पुरीस्वरा गाउँतर्फ मोटरसाइकलमा हो–हल्ला गर्दै गइरहेका युवाहरुको समूहलाई उक्त स्थानमा मादक पदार्थ सेवन गरी बसेका युवाहरुले एक्कासी पछाडिबाट आक्रमण गरेपछि दुवै पक्षका युवाहरुले लाठी र ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका सूर्य बहादुरको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक १३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *