भक्तपुरका ९७ सहित उपत्यकामा थपिए १,६१५ जना कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६१५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना कोरोना संक्रमित भेटिएका छन् ।
काठमाडौं जिल्लामा हालसम्म ५९ हजार २३४ जना कोरोना संक्रमित भएकामा ४२ हजार ५०४ निको भएका छन् भने २०९ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ५२१ रहेको छ ।
ललितपुरमा कुल ८३५० संक्रमितमा ५८२२ जना निको भएका छन् भने ५८ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या २४७० रहेको छ ।
भक्तपुरमा कुल ५५१९ संक्रमित भएकमा ४३८३ निको भएका छन् र ६१ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १०७५ रहेको छ । बिहीबार देशभरमा भने २३६४ जना संक्रमित भेटिएका छन् ।
प्रकाशित मितिः २०७७ कार्तिक १३ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४