फ्रान्समा चक्कु प्रहारका कारण दुई जनाको मृत्यु
काठमाडौं । फ्रान्सको नीस शहरमा एक आक्रमणकारीले चक्कु प्रहार गरेका छन्। उनको हमलामा परी दुई जनाको ज्यान गएको बीबीसी जनाएको छ। घटनामा परी केही मानिस घाइते समेत भएका छन्।
नीसका मेयर क्रिश्चियन एस्ट्रोसीका अनुसार घटनामा संलग्न एक व्यक्तीलाई पक्राउ गरिएको छ। भनेका छन्,’यो हमला आतंकवादको संकेत हो।’
घटना नोट्रे-डैम ब्यासेलिकाको नजिकै भएको हो। नीस भूमध्य सागरको तटमा रहेको दक्षिणी फ्रान्सको एक प्रमुख शहर हो। त्यहाँको स्थानीय प्रशासनले जनतालाई फ्रेन्च रिवेरा सिटी इलाकामा प्रवेश रोक लगाएको छ।एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक १३ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००