भक्तपुर अस्पतालमा उपचाररत २८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

भक्तपुर न्यूज

१३ कार्तिक २०७७ ९:०३

भक्तपुर अस्पतालमा उपचाररत २८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

भक्तपुर। भक्तपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर अस्पतालमा उपचाररत कैलालीकी एक कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको छ ।

कैलालीको गौरीगंगा नगरपालिका–४ निवासी २८ वर्षीय महिलाको उपचारका क्रममा आज बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएसंगै उपचारको लागि अस्पतालमा भर्ना भएकी थिइन् ।

प्रकाशित मितिः २०७७ कार्तिक १३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *