लडाकु जहाज दुर्घटना हुँदा १ जना पाइलटको मृत्यु
काठमाडौं । ताइवानमा बिहीबार लडाकु जहाज दुर्घटना हुँदा १ जना पाइलटको मृत्यु भएको छ। नियमित अभ्यासका क्रममा रहेको एफ-इफाइभ लडाकु जहाज पूर्वी तटीय क्षेत्रमा दुर्घटनामा परेको समाचार संस्था एएफपीले जनाएको छ। ताइवानमा तीन महिनाअघि पनि यस्तै दुर्घटना भएको थियो।
टेक अफ हुनासाथ इन्जिनमा समस्या भएपछि २९ वर्षीय पाइलट छु कुवाङ मेङले हाम फालेका थिए। उनलाई समुद्रबाट अचेत अवस्थामा उद्धार गरिएको थियो तर बचाउन सकिएन।
एफ-इफाइभ पुरानो मोडलको लडाकु जहाज हो। यसको डिजाइन सन् १९६० तिर गरिएको थियो। जहाज दुर्घटनामा परेपछि उक्त मोडलका सबै जहाज ग्राउन्डेड गरिएको ताइवान एयर फोर्सका प्रमुखले जानकारी दिएका छन्।गत जुलाइमा सैन्य हेलिकप्टर दुर्घटना हुँदा दुई जना चालक दलका सदस्यको मृत्यु भएको थियो। एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक १३ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३