बिजुलीको पोलमा स्कुटर ठोक्किँदा दुई जना घाइते

भक्तपुर न्यूज

१३ कार्तिक २०७७ ८:०२

बिजुलीको पोलमा स्कुटर ठोक्किँदा दुई जना घाइते

बारा । बाराको प्रसौनी गाउँपालिका–२ हनुमान मन्दिरनजिकै गए राति स्कुटर दुर्घटना हुँदा २ जना घाइते भएका छन्।

वीरगञ्जबाट भलुहीतर्फ जाँदै गरेको ना ५३ प ३२६६ नम्बरको स्कुटर गए राति पौने १० बजे बिजुलीको पोलमा ठोकिएको थियो। दुर्घटनामा स्कुटर चालक बाराको फेटा गाउँपालिका–१ भरबलियाका अन्दाजी २६ वर्षीय अर्जुन पटेल र पछाडी सवार २५ वर्षका रुपेश पटेल घाइते भएका हुन्।

तराई अस्पताल वीरगञ्जमा घाइते दुवै जनाको उपचार भइरहेको छ। घाइतेमध्ये रुपेशको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय प्रसौनीले जनाएको छ।

प्रकाशित मितिः २०७७ कार्तिक १३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *