कार्तिक २१ गते कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

भक्तपुर न्यूज

१३ कार्तिक २०७७ ७:५६

कार्तिक २१ गते कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दैै कात्तिक २१ गते शुक्रबार दिनको १ बजे बैठक बोलाइएको जानकारी दिए ।

पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीबारे बैठकमा छलफल हुनेछ भने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहनेछ । यसअघि काँग्रेसले बोलाएको केन्द्रीय समिति बैठक केही केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि प्रभावित भएको थियो ।

यसैबीच सहमहामन्त्री प्रकाश शरण महतका अनुसार केन्द्रीय समितिअघि कात्तिक १७ गते वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको पदाधिकारी बैठक बस्नेछ । सो बैठकमा पनि पार्टीको १४ औं महाधिवेशनबारे छलफल हुने उनले जानकारी दिए ।

कांग्रेसको १४ औं महाधिवेशन फागुन ७ देखि गर्ने जनाएको छ । तर, कोरोनाभाइरस महामारीले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम प्रभावित भएपछि कांग्रेसले महाधिवेशनको मिति सार्ने तयारी गरेको छ।

प्रकाशित मितिः २०७७ कार्तिक १३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *