बाँकेमा उपचाररत २३ संक्रमितको अवस्था गम्भीर

भक्तपुर न्यूज

१३ कार्तिक २०७७ ७:०९

बाँकेमा उपचाररत २३ संक्रमितको अवस्था गम्भीर

बाँके । बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ संक्रमितको अवस्था गम्भीर रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ संक्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, गम्भीर बिरामीमध्ये, एकजनाको भेन्टिलेटरमा र २२ जनाको आइसियुमा राखेर उपचार भइरहेको छ ।

भेरी अस्पतालको आइसोलेसनमा ५२ जना र शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनमा ३४ गरी ८६ जना कोरोना बिरामीको उपचार भइरहेको छ । उपचाररत ८६ बिरामीमध्ये, २३ जना गम्भीर, ४१ जना मध्यम र २२ जना सामान्य बिरामी रहेको श्रेष्ठले बताए । बाँकेमा १७७ जना संक्रमित होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

बाँकेमा हालसम्म तीन हजार ४० जनामा कोरोना संक्रमण देखिएकोमा ३० जनाको मृत्यु भइसकेको छ भने दुई हजार ७१२ जना उपचार पश्चात निको भएका छन् । जिल्लामा हाल २९८ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मितिः २०७७ कार्तिक १३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *